Logo

स्थानीय तह निर्वाचन: भोट माग्दै घरदैलोमा कोइराला



मेचीनगर, वैशाख १९ । मेचीनगर नगरपालिका वडा नं.१२ का स्वतन्त्रबाट खुल्ला सदस्य पदका उम्मेदवार दुसन्त कोइरालाले घरदैलो अभियान सुरु गरेका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि वडा नं.१२ बाट खुल्ला सदस्य पदका उम्मेदवार कोइरालाले सोमबारबाट चुनावी अभियान प्रारम्भ गरेका हुन् ।

उनले निर्वाचन आयोगबाट ‘पानीको धारा’ चुनाव चिन्ह प्राप्त गरेका छन् । घरदैलो अभियानमा खटिएको उम्मेदवार सहितको टोलीले प्रत्येक घरमा पुगेर प्रत्येक सदस्यसँग भोट माग्न सुरु गरेको हो ।

स्वतन्त्रको चुनावी अभियान पहिलो दिन सहरेडाँगी चोकबाट सुरु भएर वरपिपल हुँदै धाइजन चोकमा पुगेर समापन भएको चुनाव प्रचारप्रसार समितिका संयोजक नेत्रप्रसाद मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्