Logo

स्थानीय तहको निर्वाचनमा एमालेले बर्चस्व राख्छ: ओली



झापा, २० वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी गरेका छन ।

भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी भद्रपुरले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले सिर्जना गरेको विकासको लहर देखेर एमालेप्रति आकर्षण र विश्वास अझ बढेका कारण आममतदाताले सूर्य चिन्हमा मतदान गर्ने र पुनः स्थानीय तहमा एमालेको बर्चस्व कायम हुने दाबी गरेका छन् ।

भद्रपुरको वडा नं ३ अन्तर्गत रहेको ज्ञानेचोकमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले नेकपा एमालेप्रतिको जनलहर र उत्साह देखेर आत्तिएका सत्तासीन गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेको तर त्यो गठबन्धन पनि एमालेका अगाडि नटिक्ने उद्घोष गरेका छन् ।

सोही समारोहमा नेकपा एमाले भद्रपुरको चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै अध्यक्ष ओलीले भद्रपुरमा आफ्नो नेतृत्वको सरकार र एमालेका जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको भद्रपुर नगरपालिकामा धेरै महत्वपूर्ण अयोजनाहरु सम्पन्न भएको र भद्रपुरको इतिहासलाई जीवन्त राख्नेखालका योजनाहरु अघि बढिसकेको बताउँदै नगरको प्रमुख पदका उम्मेद्वार युवा नेता असारु राजवंशीको नेतृत्वमा ती योजना पूरा हुने विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्