Logo

भोट माग्दै घरदैलोमा मेचीनगर-७ का गठबन्धनका उम्मेदवार



मेचीनगर, २२ वैशाख । मेचीनगर नगरपालिका वडा नं.७ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं.७ का वडाध्यक्षका उम्मेदवार राजकुमार राजवंशी, वडा सदस्यका उम्मेदवारहरु मुन्ना मण्डल र विदुर कार्की, महिला वडा सदस्यका उम्मेदवार बिमला आचार्य र दलित महिला सदस्यका उम्मेदवार गीता सार्कीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

सत्ता गठबन्धनको चुनावी अभियान अन्तरगत बिहीबार सतिघटटाको तल्लो भेगबाट सुरु भएर मदन बस्ती हुँदै सिद्धार्थ बस्तीमा पुगेर समापन भएको नेपाली कांग्रेसका युवा नेता सन्दिप ओलीले जानकारी दिए ।

उक्त चुनावी घरदैलो अभियानमा नेपाली कांग्रेस झापाका उपसभापति केशव पाण्डे, जसपका नगर सचिव सरोज श्रेष्ठ, निर्वाचन प्रचारप्रसार समितिका संयोजक रोहित बुढाथोकी, माओवादी केन्द्रका मेचीनगर सह-इञ्चार्ज पनिता ढकाल, नेपाली कांग्रेसका वडा नं.७ सभापति कञ्चन बराल, माओवादी केन्द्रका वडा नं.७ का इञ्चार्ज हरि दाहाल, नेपाली कांग्रेस झापाका सदस्य गंगाप्रसाद संग्रौला, माओवादी केन्द्रका वडा नं.७ का अध्यक्ष रामप्रसाद खतिवडा, सत्ता गठबन्धनका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्