Logo

आमाबुबाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ



ताप्लेजुङ, २३ वैशाख । ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरी बुबा आमाको हत्या गरेको जानकारी दिए ।

जाँडरक्सी खाएर झगडा गरी आमाबुबाको हत्या गरेको हुनसक्ने बताइएको छ । प्रहरी प्रशासनले हत्या आरोपित आइतराजलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्