Logo

रुसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्‍यो



हङ्गेरी, २३ वैशाख । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसको इन्धन प्रतिबन्धले रातो रेखा पार गरेको बताएका छन् ।

शुक्रवार प्रधानमन्त्री ओर्बानले युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयू एकतामा ‘आक्रमण’ गरेकोमा आलोचना गर्दै यस्तो बताएका हुन् ।

‘युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्’, ओर्बानले राज्य रेडियोमा भने ।

‘हामीले पहिलो क्षणदेखि नै रातो रेखा हुनेछ, त्यो ऊर्जा नाकाबन्दी हो भनेर स्पष्ट गरिसकेका थियौँ, अहिले त्यसले रातो रेखा पार गरेको छ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्