Logo

एमाले बलियाे बन्दै गएकाे छ: नेम्वाङ



ताप्लेजुङ, २४ वैशाख । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले आफ्नो पार्टी बलियो बन्दै गएको दाबी गरेका छन् ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ आम्बेगुदिनमा आयोजित सभालाई सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएको तर चुनावपछि आफैँ शिथिल हुने बताए । उनले भने, ‘हाम्रो जनलहर देखेर आत्तिएकाहरूले गठबन्धन बनाएका छन्, चुनावपछि उनीहरू आफै शिथिल हुन्छन् । पालिका चुनावमा एमाले अब्बल देखिनेछ ।’

राष्ट्रियताको भावना र कार्यशैलीले नागरिकको मन जितेको बताउँदै उनले यही ओजका कारण पालिका चुनावको नतिजामा एमाले अब्बल देखिने बताए ।

प्रतिक्रिया दिनुहोस्