Logo

नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ



काठमाडौँ, २४ वैशाख । नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारेका छन् ।

कार्यकारी निर्देशक भण्डारीले सिँचाइका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्