Logo

स्टिल कारखानामा फसेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार



युक्रेन, २५ वैशाख । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय कामबारबाही सकिएको बताएकी छन् ।

मारिउपोलका अधिकांश भूभाग रुसी सेनाले कब्जा गरेको छ । तर, सोभियतकालीन स्टिल कारखानामा आश्रय लिएको युक्रेनी सेनाको अन्तिम टुकडीले रुसी सेनाको प्रतिरोध गरिरहेको छ । सो कारखाना दस हप्ता लामो युक्रेन युद्धमा दक्षिणी क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोधको बिम्ब बनेको छ ।

भारी बमबारीका बीच युक्रेनी फौज र सर्वसाधारण हप्तौँदेखि थोरै खानेकुरा, पानी र औषधिको साथमा त्यहाँको बंकर र सुरुङमा फसेका छन् । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) लगायतको पहलमा सर्वसाधारणको उद्धार गरिएको हो । स्टिल कारखानामा अझै कति सैनिक रहेका छन् भन्ने स्पष्ट भएको छैन । रोयटर्सबाट 

प्रतिक्रिया दिनुहोस्