Logo

किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बस्नेत पक्राउ



तेह्रथुम, २५ वैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

लालिगुराँस नगरपलिका-३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्