Logo

राष्ट्रपति भण्डारीद्वारा दुई वटा अध्यादेश जारी



काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले औषधि(तेस्रो संशोधन)अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन)अध्यादेश २०७९ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्