Logo

मेचीनगर-१२ का स्वतन्त्र युवाको शान्ती र्‍याली



मेचीनगर, २६ वैशाख । मेचीनगर नगरपालिका वडा नं.१२ का स्वतन्त्रबाट खुल्ला सदस्य पदका उम्मेदवार दुसन्त कोइरालाको नेतृत्वमा सोमबार बृहत शान्ती र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

स्वतन्त्र युवा समूह मेचीनगर-१२ को व्यानरमा भएको उक्त र्‍यालीमा २०० भन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।

विशेषत: स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सम्पन्न भएको र्‍यालीमा मेचीनगर-१२ के भन्छ युवालाई ले भन्छ, भोट के मा ‘धारा’मा, हामी युवा एक हौँ, नेपाली जनता होसियार, अबको पालो युवाको, नलागौं अरुको पारामा भोट हालौं ‘धारा’मा जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा सन्तोष कार्कीले जानकारी दिए ।

मेचीनगर नगरपलिका वडा नं.१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्‍याली चारआली हुँदै वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै वडा सदस्य पदका उम्मेदवार कोइरालाले अबको समयमा युवा नेतृत्व अपरिहार्य रहेको र युवा अब कसैको दबाब र अभावमा नपर्ने समेत चुनौती दिएका थिए ।

कोइरालाले निर्वाचन आयोगबाट ‘पानीको धारा’ चुनाव चिन्ह प्राप्त गरेका छन् ।

‍उक्त कोणसभाको सञ्चालन निर्वाचन प्रचारप्रसार समितिका संयोजक नेत्रप्रसाद मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्