Logo

भिरबाट लडेर किसानको मृत्यु



बागलुङ, २६ वैशाख । बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका-४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्