Logo

बिर्तामोडमा एमालेको टोलसभा



झापा, २६ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाईरहेको छ ।

एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित उम्मेदवारहरुको टोलीले आज सोमबार वडा नम्बर ९का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो । उम्मेदवारहरुले वडा नम्बर ९ का टाँगाबारी, कञ्चन टोल, लखिबाडी, सतालसिंवाडी, केरकेरुवाडी, नारायणकृष्ण टोल, पिपल चोक र नडियाबाडीमा पुगेरसूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिवद्वता व्यक्त गरेका छन् ।

नगरप्रमुखको उम्मेदवार प्रसाईले सबै जातजाती, वर्ग, समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी नेकपा एमाले रहेको धारणा राखिन् । उनले भोलीका दिनमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने पनि बताइन् । प्रसाईले बिर्तामोड नगरभित्रका पुराना संस्कार, संस्कृति, इतिहास बोकेका सम्पदाहरुको विकास गर्दै पर्यटनसंग जोडेर अघि बढ्ने बताइन् । उद्यमशिलता र महिलाहरुको सिप विकासलाई अझै अघि बढाउने बताउँदै उनले विकास निर्माणसंगै रोजगारी सिर्जनाको कुरामा ध्यान दिने बताइन् ।

यस्तै उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले नेकपा एमालेको सरकारले जनप्रिय कामहरु गरेको बताए । उनले विगतका अधुरा कामहरुलाई अघि सार्दै नयाँ योजना अघि बढाउने बताए । उनले वडा नम्बर ९मा ५ वर्षभित्रमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने बताए । यस्तै कोलटोली विराटपोखर मार्ग र सहिद वृजुलाल मार्गलाई स्तरीय ग्राभेल गर्ने प्रतिद्वता जनाए ।

प्रतिक्रिया दिनुहोस्