Logo

आज २०७९ वैशाख २८ गतेकाे राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा देश/विदेशको यात्राको अवसर पनि मिल्नसक्छ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

भैपरी आउने व्यवहारिक खर्चले चिन्ता बढाउने दिन हो, सरसापटी वा कर्जामार्फत अतिरिक्त धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ । दाम्पत्य जीवन सुखद रहनेछ र घरमा पनि सुखशान्ति र सम्मृद्धि छाउने समय हो । आज व्यवहार गर्दा बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुपर्छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति छ, यद्यपि उच्च शिक्षाका विद्यार्थीका लागि राम्रो समय देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

अहिले पुरुषका तुलनामा महिलाहरूका लागि विशेष उपलब्धी पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने समय छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रयास गरे आफूभित्रको क्षमता प्रदर्शन गरी सर्वश्रेष्ठ बन्न सक्नुहुन्छ । कुनै नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आफ्ना सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय आएको छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत हुने र अझ लगनशील बन्ने समय छ । वरिष्ठ कर्मचारीको सद्भाव प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङघर्ष र चुनौती झेल्नुपर्ने हुन्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्ने छ ।  आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

नियमित कारोबारमा राम्रै हुन्छ, अझ कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाउनुहोस् आम्दानीको स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्ने समय हो । लक्ष्यप्रति केन्द्रित भएमा ठूलो सफलता हात पर्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रयत्न गर्दा कार्यक्षेत्रमा उन्नतिप्रगति हुने वा विशेष जिम्मेवारी पाउन सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, तर पार्टनरका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइनेछ, जसले गर्दा मनमा भएको बोझ हटी प्रसन्नता बढ्नेछ । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । थकित बन्ने वा उत्साहमा कमी आउने परिस्थिति रहेको छ, त्यसैले आफूलाई खुसी राख्न सक्दो प्रयास गर्नुहोला, आफ्ना लागिमात्र होइन, परिवारका निमित्तसमेत दृढता र हौसला आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । आकर्षक छवि र कुशल व्यवहारको प्रदर्शन गर्नुपर्छ । महत्त्वपूर्ण निर्णय लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कुनै पनि कुरालाई बढाइचढाई गर्नुहुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्