Logo

आईपीएल: लखनउलाई हराउँदै गुजरात प्लेअफमा



पुणे, २८ वैशाख । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातका शुभमन गिलले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ तथा क्विन्टन डी ककले ११ रन जोडे ।

गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २-२ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्