Logo

मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ ।

यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीरगञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले एमालेका उपमहासचिव गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस्