Logo

निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्नुहोस्: राष्ट्रपति



काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अर्थात् वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले एक भिडियो सन्देश दिँदै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गरेको उल्लेख गरेकी छिन् ।

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताँदै राष्ट्रपति भण्डारीले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत जनता हुन भन्ने सत्यलाई व्यवहारमै प्रकट गर्ने सन्देशमा उल्लेख गरेकी छिन् ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घर दैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने भन्दै उनले आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र निष्पक्ष र भयरहित भएर हरेक नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्वाण गर्नु हामी सबैको दायित्व भएको भन्दै यस दिशामा सबैलाई लाग्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्