Logo

मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



मोरङ, २९ वैशाख । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्