Logo

मेचीनगरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा



मेचीनगर, २९ वैशाख । वैशाख ३० गते (भोलि) हुने स्थानीय तहको निर्वाचनका लागि मेचीनगर नगरपालिकामा सम्पूर्ण तयारी पूरा भएको छ ।

मेचीनगरका मुख्य निर्वाचन अधिकृत वेदराज फुयलका अनुसार मेचीनगरमा ३५ मतदान स्थलका १ सय २ वटा मतदान केन्द्रमा भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने बताए ।

मेचीनगरमा ७७ निर्वाचित हुने पदका लागि ३ सय २० जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन । त्यस मध्ये मेचीनगर-११ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् भने बाँकी ३ सय १९ उम्मेद्वारबाट ७६ जना निर्वाचित हुनेछन ।

भोलिको मतदानका लागि मेचीनगरमा १०२ मतदान अधिकृत सहित ८१६ जना निर्वाचन कर्मचारी खटिएका छन भने सुरक्षाकर्मी र पर्यवेक्षक समेत परिचालन गरिएको निर्वाचन अधिकृत फुयलले बताए ।

मेचीनगरमा ४५ हजार १ सय १२ पूरुष र ४५ हजार ९० महिला गरी कुल ९० हजार २ सय २ जना मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्