Logo

कचनकवलमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार अगाडि



झापा, ३१ वैशाख । कचनकवल गाउँपालिकामा १ हजार २२८ मत गणना हुँदा अध्यक्षमा पदमा एमाले-काँग्रेस गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशीले ६२० मत ल्याएका छन् । राजवंशी काँग्रेसका उम्मेदवार हुन् । त्यस्तै राप्रपाका अन्जार आलमले २३५ तथा माओवादीका बुद्धिप्रसाद नेपालले २७ मत ल्याएका छन्।

त्यस्तै राप्रपाले उपाध्यक्षमा मत अन्तर बढाउँदै लगेको छ । राप्रपाकी निमसरी राजवंशीले ३१४ मत ल्याई अग्रता लिएकी हुन् । यसअघि गठबन्धनका उपाध्यक्ष नवराज भट्टराईले अग्रता लिएका थिए । भट्टराई एमालेका उम्मेदवार हुन् । भट्टराईले २७६ र माओवादीका भागीरथा अधिकारीले ११५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्