Logo

ओलीको वडामा कांग्रेसको प्यानल नै निर्वाचित



काठमाडौँ, २ जेष्ठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्