Logo

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



दार्चुला, २ जेष्ठ । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका-६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा जीपका चालक ग्वानीका २३ वर्षका प्रकाशसिंह धामी, २२ वर्षका नवीन धामी र १९ वर्षका हरिसिंह धामीको घटनास्थलमा नै मृत्यु भएको हो ।

नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई लिन जाँदै गर्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्