Logo

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु



सल्यान, २ जेष्ठ । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गाडीमा करेन्ट लाग्दा १० जनाभन्दा धेरै घाइते भएका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरूलाई करेन्ट लागेको हो । बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छतमा बसेकाहरूलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्