Logo

मेचीनगर-१ मा एमालेको प्यानलै विजयी



मेचीनगर, ३ जेष्ठ । मेचीनगरको वडा नं.१ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको पाँच वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

मेचीनगर-१ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन् ।

यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्