Logo

संघीय संसद्को बजेट अधिवेशन सुरु, एमालेकाे अवराेध हट्याे



काठमाडौँ, ३ जेठ । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन् । उनले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरुप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश संकटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए ।

प्रतिक्रिया दिनुहोस्