Logo

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै



 

चितवन, ३ जेष्ठ । भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी रेनु दाहालको अग्रता कायमै रहेको छ ।

नेकपा (माओवादी केन्द्र)की दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिएकी हुन् ।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्