Logo

भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि



चितवन, ४ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा १५ सय १२ मतले अगाडि रहेकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याएका छन्  । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्