Logo

शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी



काठमाडौँ, ४ जेष्ठ । राप्रपा नेपालले काठमाडौँमा ऐतिहासिक जित निकालेको छ ।

बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौँमा जित निकालेको हो ।

काठमाडौँको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै बाजी मारेका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्