Logo

भरतपुरमा रेनु १ हजार ९०६ मतले अघि



 

चितवन, ४ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा एक हजार नौ सय ६ मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले १० हजार सात सय ४८ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवेदीले आठ हजार आठ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् । भरतपुरमा अहिलेसम्म २९ हजार चार सय ४६ मत गनिएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि रहेका छन् । अधिकारीले अहिलेसम्म १२ हजार आठ सय ५८ म प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्