Logo

श्रीलङ्कालाई विश्व बैंककाे १६ कराेड डलर सहयाेग



श्रीलङ्का, ४ जेष्ठ । गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६ करोड डलर प्राप्त हुने जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

देशमा पेट्रोल सकिएर हाहाकार भइरहेको बेला प्राप्त हुन लागेको यो रकमले पेट्रोल र अन्य इन्धन खरिद गर्ने योजना रहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् । यस्तै उनले भारतले ऋण सहयोगमा इन्धन दिने भएकाले समस्या कम हुने अपेक्षा गरिएको बताएका छन् ।

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किएको छ । विदेशी मुद्राको चरम अभावका कारण औषधि, इन्धन लगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ, लाखौँ परिवार भोकमरीमा धकेलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्