Logo

ट्रकको ठक्करबाट काफ्लेको मृत्यु



बिर्तामोड, ५ जेष्ठ । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोड स्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड-४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रामचोक स्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।

प्रदेश-१-१०-००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको बिर्ता सिटी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्