Logo

मेचीनगर-१२ मा एमालेको प्यानलै निर्वाचित



 

मेचीनगर, ७ जेष्ठ । नेकपा एमालेले मेचीनगर नगरपालिका वडा नं.१२ मा प्यानलै जितेको छ ।

निवर्तमान वडाध्यक्ष तथा गठबन्धनका उम्मेदवार नरेन्द्र धिमाललाई हराउँदै एमालेका मधु निरौला वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निरौलाले १ हजार ४६६ मत ल्याउँदा धिमालले १ हजार १०१ मत ल्याएका छन् । त्यस्तै राप्रपाका इन्द्रमणी प्रसाईंले २४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा मिना लामा, दलित महिला सदस्यमा कृष्णमाया बराइली र वडा सदस्यमा मनोज खरेल र विशु मेचे विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्