Logo

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका पौडेल निर्वाचित



इटहरी, ८ जेष्ठ । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाएका छन् ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए । तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४७१९ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्