Logo

भरतपुरमा रेनुलाई ७ हजार ३८८ मतकाे अग्रता



चितवन, ८ जेष्ठ । भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तर अगाडि रहेकी छन् ।

ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छन् ।

दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाएकी छन् भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाएका हुन् ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि छन् । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्