Logo

भरतपुरमा रेनु दाहालको १२ हजारको अग्रता



चितवन, १० जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् ।

रेनु दाहाल ५१ हजार ११२ मत ल्याउँदा एमाले​(राप्रपा गठबन्धनबाट एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ पाएका छन् । उपमेयर पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५१ हजार ९०३ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमाले र राप्रपाको गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मतसहित पछ्याई रहेकी छिन् । मत गणना गर्न बाँकी रहेपनि दाहानको विजय निश्चित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्