Logo

स्थानीय तह निर्वाचनले लोकतन्त्रको जग बलियो भएको छ: राष्ट्रपति



काठमाडौँ, १० जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले लोकतन्त्रको जग बलियो बनाएको बताएकी छन् ।

मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले निर्वाचनले संविधान र प्रणालीमा सबैको स्वामित्व स्थापित भएको बताइन् ।

यस्तै राष्ट्रपति भण्डारीले सरकारले मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोमा खुसी व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्