Logo

फेरि बढ्यो गाडी भाडा



काठमाडौँ, १० जेष्ठ । गाडी भाडा फेरि बढेको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि नेपाल यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।

यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यही जेठ ४ गते पनि भाडा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्