Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगम घेराउ



काठमाडौँ, ११ जेठ । पेट्रोलियम पदार्थमाको मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् । विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै निगममा घेराउ गरेका हुन् ।

आयल निगमले पछिल्लोपटक पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो । विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँदै आए पनि आयल निगम भने अझै घाटा पूर्ति भइनसकेकोले इन्धनको मूल्य अझै बढ्न सक्ने बताउँदै आएको छ ।

उनीहरू पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थमा कर, छिटो फिर्ता गर, अब त अति भो महंगी कति हो, जनताको ढाड सेक्ने कर फिर्ता गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्