Logo

मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ: राष्ट्रपति सी



चीन, ११ जेठ । चीनका राष्ट्रपति सी चिनपिङले बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् ।

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानव अधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे । उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुसी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्