Logo

लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा



कोलकता, १२ जेष्ठ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए ।

त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । बैंगलोरका रजत पटीदरले अविजित १ सय १२ रनको शतकीय पारी खेले । लखनउका कुर्नाल पाण्डेय, मोसिन खान, अभेस खान र रबि बिश्नोईले १-१ विकेट लिए ।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्