Logo

अफगानिस्तानमा एकैदिन चार विस्फोट: १२ जनाको मृत्यु



अफगानिस्तान, १२ जेष्ठ । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ । रोयटर्सका अनुसार मस्जिदभित्र पंखामा बम राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्