Logo

पूर्व सांसद राईमाथि हातपात



खोटाङ, १२ जेष्ठ । पूर्व सांसद टंक राईमाथि हातपात भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष राईमाथि बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा हातपात भएको हो ।

स्थानीय पूर्ण राईले मादक पदार्थ सेवन गरेको अवस्थामा राति साढे ९ बजे कठालो समाएर आक्रमण गरेको पूर्वसांसद राईले बताए ।

खाना खाएर सुत्ने तरखर गरिरहेका बेला नजिकै हो-होल्ला भएपछि गएर सम्झाउन खोज्दा राईमाथि हात हालिएको हो । हातपात हुन थालेपछि छुट्ट्याउने क्रममा लछारपछार हुँदा पूर्णको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्