Logo

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ जना घाइते



इरान, १३ जेष्ठ । इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप-गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध-सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ ।

व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ ।

इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्