Logo

कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड



काठमाडौँ, १५ जेष्ठ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ ।

विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन दिएका थिए । जसमध्ये उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

यो फिल्म हङकङका निर्माताहरुसँगको सहकार्यमा निर्माण भएको थियो । पछिल्लो समय नेपाली मौलिक कथामा निर्माण भएका छोटा तथा फिचर फिल्म अन्तर्राष्ट्रियस्तरमा छनोटमा पर्न थालेका छन् । यसले नेपाली सिनेमाको बजार फराकिलो हुँदै गएको सङ्केत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्