Logo

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका लामा रिहा



काठमाडौँ, १७ जेठ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

लामाले काठमाडौँ सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्