Logo

बेन्जिमाले जिते च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’को अवार्ड



स्पेन, १८ जेठ । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’अवार्ड जितेका छन् ।

शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १-० गोलले हराएर १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यस्तै रियलकै भिनिसियस जुनियर युवा खेलाडी घोषित भएका छन् । ‘योङ प्लेयर अफ द सिजन’ घोषित २१ वर्षीय भिनिसियसले फाइनलमा निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्