Logo

जोकोभिकलाई हराउँदै नाडाल सेमिफाइनलमा



पेरिस, १८ जेठ । पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् ।

नाडालले सर्बियन जोकोभिचलाई ६-२, ४-६, ६-२ र ७-६ को सेटमा हराएका छन् । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्