Logo

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन



कोलकाता, १८ जेठ । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो ।

कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ ।

तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्