Logo

सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र



भारत, २३ जेठ । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ ।​

सलमानका बुबा सलिम खान आइतबार बिहान ‘मर्निङ वाक’ जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए। जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो ।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन् । प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्