Logo

श्रीलङ्कासँग अस्ट्रेलिया पराजित



श्रीलङ्का, ३ असार । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी भएको छ ।

गएराति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई डीएल पद्धतिको आधारमा २६ रनले हराएको हो ।

यस जितसँगै श्रीलङ्काले पाँच खेलको श्रृङ्खलामा १-१ को बराबरी गरेको छ । श्रीलङ्काले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३७ रन बनाए भने ग्लेन म्याक्सवेलले ३०, स्टेभेन स्मिथले २८, टार्भिस हेडले २३, मार्नुस लाबुस्चेन्जले १८, एलेक्स केरीले १५ र कप्तान आरोन फिन्चले १४ रान बनाए ।

श्रीलङ्काका चामिथा करुनारत्नेले ३ विकेट लिए भने दुश्मन्था चामिरा, धनञ्जय डी सिल्भा र दुनिथ वेलागेले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन जोडेको थियो ।

वर्षाले खेल प्रभावित भए पछि डीएल पद्धतिको आधारमा अस्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको हो । श्रीलङ्काका कुशल मेन्डिसले सर्वाधिक ३६ रन बनाए । यस्तै कप्तान डसुन शनका र धनञ्जय डी सिल्भाले समान ३४-३४ रन बनाए भने दुनिथ वेलागेले २०, चामिका करुनारत्ने र धनुश्का गुनाथिलकाले १८-१८ रन जोडे ।

अस्ट्रेलियाका पाट कमिन्सले ४ तथा ग्लेन म्याक्सवेल र म्याथ्युले २-२ विकेट लिए भने मिचेल स्विपसनले एक विकेट लिए । पहिलो एक दिवसीयमा अस्ट्रेलियाले श्रीलङ्कालाई २ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्